• २३ भदौ २०८३, मंगलबार
  • ७ः५५ बेलुका

यस्तो छ आज बसेको मन्त्रिपरिषद्का चार निर्णय

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार १२:१९

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले ऊर्जा, प्रशासन तथा संस्थागत व्यवस्थापनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको जानकारी दिए।

National Life

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना, तल्लो न्यादी खोला जलविद्युत् आयोजना, भुन्छा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजना लाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो। बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रस्तावित निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई समेत स्वीकृति दिएको छ।

यस्तै, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटी को व्यवस्थापनका लागि विशाल कुमार भण्डारी को अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङ सम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदनलाई समेत ग्रहण गरेको छ। प्रतिवेदनको कार्यान्वयनबारे भने थप अध्ययनपछि आवश्यक निर्णय गरिने सरकारका प्रवक्ताले बताएका छन्।

यसैबीच, प्रवक्ता पोखरेलले काठमाडौं उपत्यकामा मेट्रो रेल तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिँदै त्रिभुवन विश्वविद्यालय को बजेटमा कुनै कटौती नहुने स्पष्ट पारे।

प्रतिकृया