• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

भन्सार दर बढेपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, प्रतितोला ३ लाख ११ हजार रुपैयाँ नाघ्यो

प्रकाशित मिति

२०८३ जेष्ठ १७ गते, आईतवार ११:०२

१७ जेठ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशतले वृद्धि गरेसँगै त्यसको प्रत्यक्ष असर बजार मूल्यमा देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ पुगेको छ। दुई दिनअघि १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ रहेको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। जेठ १५ गते चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ थियो।

Classic Tech Desktop

यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ कायम गरिएको छ।

प्रतिकृया