• १९ असार २०८३, शुक्रबार
  • ४:४९ बिहान

सरकारले २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, चालु खर्च सबैभन्दा बढी

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०६:०७

१५ जेठ २०८३ काठमाडौं –सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटको संरचना तथा स्रोतबारे जानकारी दिएका हुन् ।

बजेटमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थाका लागि ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Kamana Sewa

सरकारका अनुसार बजेटको स्रोतमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब जुटाइनेछ ।

Classic Tech Desktop

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।

प्रतिकृया