• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

हर्क साम्पाङको आरोप : सरकार संसद र जनताप्रति जवाफदेही छैन

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार १२:४७

६ जेठ २०८३ काठमाडौं –  हर्क साम्पाङ ले सरकार कर्तव्यबाट भागेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्लेकार्डसहित विरोध जनाउँदै उनले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू सदनमा उपस्थित नहुने र जनताका प्रश्नको जवाफ नदिने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सिमानादेखि महँगी नियन्त्रण र सहकारी पीडितका विषयसम्मका प्रश्न उठाउन खोज्दा पनि सरकार उत्तरदायी नभएको आरोप लगाए । यता सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड प्रदर्शन संसदीय मर्यादा विपरीत भएको भन्दै सचेत गराएका छन् ।

Kamana Sewa

प्रतिकृया