• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८३ जेष्ठ ३ गते, आईतवार ११:५४

३ जेठ २०८३ काठमाडौं-  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा ३३० रुपैयाँले घटेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया