• ३ असोज २०८३, शनिबार
  • १ः१७ दिउँसो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति समक्ष पठाउने सरकारको निर्णय

प्रकाशित मिति

२०८३ बैशाख २१ गते, सोमबार १२:५१

२१ बैशाख २०८३ काठमाडौं- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पुनः जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

National Life

आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए। त्यसपछि सरकारको नयाँ निर्णयअनुसार अध्यादेश पुनः राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरिएको हो।

संवैधानिक परिषद्सम्बन्धी व्यवस्थासँग जोडिएको उक्त अध्यादेशलाई लिएर सरकार र राष्ट्रपति कार्यालयबीच पुनः प्रक्रिया अघि बढेको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया