• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०४:२६

११ बैशाख २०८३ काठमाडौं – सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशीको गाजामा भएको घटनामा परी मृत्यु भएको थियो। सोही आधारमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको हो।

Kamana Sewa

सरकारले यसअघि मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको भए पनि आज भने हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया