• ५ असोज २०८३, सोमबार
  • १ः०३ दिउँसो

शैक्षिक संस्थाबाट दलीय संरचना हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन

प्रकाशित मिति

२०८३ बैशाख ८ गते, मंगलवार ०४:४८

८ बैशाख २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट अडान व्यक्त गर्दै उक्त निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्।

National Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित करिब साढे तीन घण्टा लामो छलफलमा देशभरका विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए। सो अवसरमा प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूलाई पूर्ण रूपमा अध्ययन–अध्यापनमै केन्द्रित राख्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा उपकुलपतिहरूले जेनजी आन्दोलनपछि विद्यार्थीका राजनीतिक गतिविधि केही घटेको र संगठनहरू हटाउने विषयमा आन्तरिक पहल भइरहेको जानकारी दिएका थिए। साथै, विश्वविद्यालय र प्रतिष्ठानहरूको प्रभावकारी सञ्चालनका लागि जग्गा व्यवस्थापन, दक्ष जनशक्ति र आवश्यक स्रोतसाधनमा सरकारको सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री शाहले भने सरकार यी समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको र सुधारका कार्यहरू सुरु भइसकेको बताएका छन्। उनले विश्वविद्यालयहरूलाई स्वायत्त, निष्पक्ष र राजनीतिक प्रभावबाट मुक्त बनाउनु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दीर्घकालीन सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रतिकृया