• १८ असोज २०८३, आइतबार
  • ६ः३१ बिहान

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बस्दै

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०१:३९

१७ चैत,२०८२ काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा जारी छ। बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन्।

National Life

बैठकमा नेताहरूको आगमन जारी रहेको जनाइएको छ। निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकका लागि तीन मुख्य एजेन्डा तय गरिएको छ। ती एजेन्डामा २१ फागुनमा सम्पन्न निर्वाचनको परिणाम, १५औं महाधिवेशनको कार्यतालिका तथा त्यसको तयारी र सम्भावनाबारे छलफल गरिनेछ।

यसअघि तत्कालीन संस्थापन पक्षले आगामी वैशाखको अन्तिमतिर १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८ देखि ३१ वैशाखसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिकृया