• १८ असोज २०८३, आइतबार
  • १ः५२ दिउँसो

सपथपछि केसीले भने: पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्छु

प्रकाशित मिति

२०८२ चैत्र ११ गते, बुधबार ०१:५२

११ चैत,२०८२ काठमाडौं- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निश्चित समयका लागि पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। शितल निवासमा सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले भने, “मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्छु।”

National Life

उनले सभामुखको भूमिका देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने र संसदका सबै सदस्यहरूको विशेषाधिकारको संरक्षकको रूपमा प्रस्तुत हुने बताए।

ज्येष्ठ सदस्यको रूपमा केसीले आज राष्ट्रपतिसँग सपथ ग्रहण गरेका छन् भने भोलि चैत १२ गते बाँकी २७४ सांसदलाई पनि सपथ गराउने कार्यक्रम तय छ। प्रतिनिधि सभामा सभामुख चयन नहुँदासम्म केसीले नै ज्येष्ठ सदस्यको रूपमा सभामुखको जिम्मेवारी सम्हाल्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया