• १८ असोज २०८३, आइतबार
  • १०ः१७ बिहान

पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले अनलाइनमा विवरण गरे दर्ता

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०३:२८

२५ फाल्गुन,२०८२ काठमाडौं- पश्चिम एसियामा रहेका ५४ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्म ५४ हजार ७८६ जना नेपालीले विवरण टिपाएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार दर्ता भएका विवरणहरूलाई प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यक परेमा कारबाही तथा सहयोगका प्रक्रिया अगाडि बढाइएको छ।

National Life

इजरायल–अमेरिका र इरानबीच बढ्दो युद्ध तनावका कारण पश्चिम एसियाली देशहरूमा सुरक्षा चिन्ता बढेपछि मन्त्रालयले त्यहाँ रहेका नेपालीको अवस्था अद्यावधिक गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो। उक्त क्षेत्रमा करिब १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेको बताइएको छ।

मन्त्रालयले ती देशमा रहेका नेपालीको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न सम्बन्धित देशस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासहरू सक्रिय रहेको जनाएको छ। साथै समस्या परेमा नियोग वा मन्त्रालयको इमरजेन्सी सम्पर्कमा तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, स्थानीय सुरक्षा निर्देशन पालना गर्न, आधिकारिक सूचनामा ध्यान दिन र कानूनविपरीत हुने फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदान–प्रदान नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रतिकृया