• ३ असोज २०८३, शनिबार
  • ११ः४६ राती

राष्ट्र बैंक आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १२:०७

मंसिर १४, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधि रहेका अल्पकालीन उपकरण निक्षेप संकलन (Deposit Collection) सञ्चालन गर्दै सो रकम संकलन गर्न लागेको हो।

National Life

राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह २ बजेपछि बोलकबोल गर्न सकिनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणनले निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्। सो निक्षेपको मूलधन तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ।

निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले समय–समयमा यस्तो प्रकारका अल्पकालीन उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिकृया