• ४ असोज २०८३, आइतबार
  • १०ः१२ राती

चार सार्वजनिक संस्थानको लगानी व्यवस्थापन मूल्यांकनका लागि तीन परामर्शदाता छनौट

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १२:०१

मंसिर १४, २०८२ काठमाडौं – सरकारले चार वटा सार्वजनिक संस्थानको लगानी व्यवस्थापन तथा सम्पत्ति मूल्यांकनका लागि तीन परामर्शदाता कम्पनी छनौट गरेको छ। अर्थ मन्त्रालयले साउन २० गते आह्वान गरेको बोलपत्रका आधारमा जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन कार्यका लागि योग्य परामर्शदाता तय गरेको हो।

National Life

अर्थ मन्त्रालयका अनुसार नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि एस एन्ड एस–पिजेपिएन र जीन एन्ड एसोसिएट जेभी चयन भएको छ। यस्तै, नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिको मूल्यांकन कार्य एस एन्ड एस–पिजेपिएन ले गर्नेछ।

बुटवल धागो कारखानाको सम्पत्ति मूल्यांकनका लागि पनि एस एन्ड एस–पिजेपिएन नै छनौट भएको छ। त्यसैगरी, जनकपुर चुरोट कारखानाको मूल्यांकनका लागि एस एन्ड एस–पिजेपिएन र एस सुवेदी एन्ड एसोसिएट जेभी चयन गरिएको मन्त्रालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

छनौट भएका परामर्शदाताको वित्तीय प्रस्ताव मंसिर २१ गते दिउँसो २ बजे खोलिने आर्थिक प्रशासन महाशाखाले जानकारी दिएको छ।

सरकारले लामो समयदेखि घाटामा रहेका सार्वजनिक संस्थानहरूको सुधार, पुनर्संरचना र भविष्यको व्यवस्थापन मोडेल निर्धारणका लागि यो प्रक्रिया अघि बढाएको हो। परामर्शदाताबाट तयार हुने प्रतिवेदनका आधारमा ती संस्थानलाई कसरी अगाडि लैजाने भन्ने विषयमा सरकारले अन्तिम निर्णय गर्नेछ।

प्रतिकृया