• ६ असोज २०८३, मंगलबार
  • ६ः२७ बिहान

प्रधानमन्त्री कार्कीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १२:२२

मंसिर १४, २०८२ काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का दुई समूहबीच लामो समयदेखि रहेका विवाद अन्त्य गर्दै आज एकता सहमतिमा हस्ताक्षर गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

National Life

एनआरएनए पछिल्ला वर्षहरूमा श्रेष्ठ र केसी नेतृत्वमा दुई टुक्रा भएर सञ्चालन हुँदै आएको थियो। मुलुकको बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै दुवै पक्षले दस बुँदे सहमति गर्दै एक हुने निर्णय गरेका छन्।

सहमति अनुसार संगठनको १२औं महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गरिनेछ। यस प्रक्रियामा केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा हुने एकता महाधिवेशनमा सहभागी हुने सहमति भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशनलाई पारदर्शी, व्यवस्थित र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ। कमिटीका सदस्यहरू आगामी १२औं महाधिवेशनमा उम्मेदवार नबन्ने व्यवस्था पनि सहमति पत्रमा उल्लेख छ।

यसअघि एनआरएनको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले विभिन्न अदालतहरूमा दायर गरेका मुद्दा फिर्ता लिने सहमति हुँदै, संघलाई एकीकृत ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिकृया