निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको गृहमन्त्री अर्यालको भनाइ
प्रकाशित मिति
२०८२ मंसिर ९ गते, मंगलवार ११:३१
मंसिर ९, २०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्। लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले सरकार भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।
उनका अनुसार जेनजी आन्दोलनपछिको विषम अवस्थालाई पार गर्दै सरकार मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सफल भएको छ। अर्यालले सरकार कसैको ‘निगाहामा’ बनेको होइन भन्दै यो सरकार विशिष्ट परिस्थितिमा जिम्मेवारी पूरा गर्न आएको बताए।
आगामी निर्वाचनका लागि सुरक्षा चुनौती पहिचान, रणनीति निर्माण र तयारी तीव्र बनाइएको उल्लेख गर्दै उनले गोष्ठीलाई निर्वाचन सुरक्षाका लागि महत्वपूर्ण कदम भएको बताए। गोष्ठीमा तीनै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका सचिव तथा नेपाली सेनाका प्रतिनिधिसहित उच्च अधिकारी सहभागी छन्।





प्रतिकृया