नेप्से लगातार दोस्रो दिन उकासियो, कारोबार ७ अर्ब नाघ्यो
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार ०३:२७
मंसिर ८, २०८२ काठमाडौं – साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक लगातार दोस्रो दिन पनि उकासिएको छ। आइतबार वृद्धि भएको बजार यस दिन पनि हरियो संकेतमै बन्द भएको हो।
सोमबार नेप्से ४७.२२ अंकले उक्लिँदै २६४७.४४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ७.८४ अंक, फ्लोट इन्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८१ अंकले बढेका छन्।
बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। आइतबार ६ अर्ब २८ करोड बराबरको शेयर कारोबार भएकोमा सोमबार ३३० स्टकका ७९ हजार ७१४ कारोबारमार्फत ७ अर्ब ३ करोड ५४ लाख ८० हजार बराबरको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार एन्ड टुरिजम, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक एन्ड इन्डस्ट्रीजका शेयर सकारात्मक सर्किट लेभलमा पुगे। सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयर करिब ८.५% बढ्यो भने सूर्यज्योति लाइफ इन्स्योरेन्स ८% उक्लियो। माबिलुङ्ग एनर्जी ४.४४% घटेर गिरावटमा अग्रस्थानमा रह्यो।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानी बन्यो, जसको २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको कारोबार करिब २४ करोड ५० लाख र हिमालयन रिइन्स्योरेन्सको कारोबार साढे २० करोड रुपैयाँ नाघ्यो।
बजारका सबै १३ उपसमूहमा वृद्धि दर्ता भयो। जीवन बीमा उपसमूह ४.९४% ले उक्लिँदै सबैभन्दा धेरै बढ्ने समूह रह्यो। होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूह २% भन्दा बढीले बढे भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह १% भन्दा बढीले उक्लिए।






प्रतिकृया