• ४ असोज २०८३, आइतबार
  • ४ः४४ बेलुका

जेनजी अभियन्ता मिराज ढुंगानाको समूह आज प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै

प्रकाशित मिति

२०८२ मंसिर ८ गते, सोमबार ०२:४०

मंसिर ८, २०८२ काठमाडौं – ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले नेतृत्व गरेको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ। सोमबार (मंसिर ८) दिउँसो ३ बजे सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाइने ढुंगानाले जानकारी दिए।

National Life

ढुंगानाका अनुसार ज्ञापनपत्र सरकारको सुशासनविपरीतका गतिविधिप्रति खबरदारीस्वरूप बुझाइँदैछ। “आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदै छौँ। सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारी हो,” उनले बाह्रखरीसँग भने।

यसअघि तीन फरक–फरक जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त तथा नातेदारलाई नियुक्ति दिइएको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया