• ३ असोज २०८३, शनिबार
  • ४ः२५ बेलुका

सिंहदरबारभित्रको कृषि समितिको हलबाट राष्ट्रिय सभा बैठक सञ्चालन हुने तयारी

प्रकाशित मिति

२०८२ कार्तिक ९ गते, आईतवार ०९:३६

कात्तिक ९, २०८२ काठमाडौं— आगजनीका कारण संघीय संसद भवन प्रयोग गर्न नसकिने भएपछि सिंहदरबारभित्र रहेको कृषि समितिको हलबाट राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने तयारी थालिएको छ।

National Life

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरी ठूलो क्षति पुर्‍याएपछि वैकल्पिक स्थलको खोजी भइरहेको हो। नयाँ संसद भवन निर्माणाधीन अवस्थामा भएकाले सिंहदरबार परिसरभित्रकै कृषि समितिको हल प्रयोग गर्ने गृहकार्य अघि बढाइएको हो।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, स्थायी सभा भनिने राष्ट्रिय सभा बैठक पहिले पनि सोही हलबाट सञ्चालन भएको थियो। “संघीय संसद भवन आगजनीका कारण प्रयोगयोग्य छैन। सिंहदरबार भित्रको पुरानो प्रतिनिधि सभा भवनमा प्रबलीकरणको काम भइरहेको छ। त्यसैले हालका लागि कृषि समितिको हल नै बढी उपयुक्त देखिन्छ,” प्रवक्ता गिरीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

गिरीका अनुसार, बैठक सुरु भएपछि युट्युबमार्फत प्रत्यक्ष प्रशारण (लाइभ) गर्नुपर्ने र सर्वसाधारण दर्शक पनि सहभागी हुन सक्ने भएकाले प्राविधिक र भौतिक तयारी न्यून खर्चमा कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। “नयाँ संसद भवन बनेपछि पुनः सर्नु पर्ने भएकाले अस्थायी रूपमा न्यून लगानीमै तयारी गर्ने योजना छ,” उनले थपे।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारका केही भागमा अहिले पनि पुनर्निर्माण र मजबुतिकरणको काम भइरहेको छ।२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो। सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ। तर स्थायी सभा (राष्ट्रिय सभा) भने कायमै रहेको छ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१औं महासभामा भाग लिन स्विट्जरल्यान्डको जेनेभा जानुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक स्थलबारे छलफल गरेका थिए। दाहाल आज स्वदेश फर्किएपछि यस विषयमा थप परामर्श हुने अध्यक्ष सचिवालयले जनाएको छ।

प्रतिकृया