• ३ असोज २०८३, शनिबार
  • ४ः३८ बेलुका

देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षा

प्रकाशित मिति

२०८२ कार्तिक ७ गते, शुक्रबार ०७:००

कात्तिक ७, २०८२ काठमाडौं— देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भू–भागमा मौसम सामान्य रहने छ।

National Life

महाशाखाले दिएको जानकारीअनुसार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका केही उच्च भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

मौसमविद्हरूका अनुसार हाल देशमा कुनै नयाँ मौसमी प्रणाली सक्रिय नभएकाले निकट केही दिनसम्म पनि मौसम सामान्य रहने अनुमान गरिएको छ।

प्रतिकृया