• ३ असोज २०८३, शनिबार
  • ५ः३० बेलुका

आज विश्व विकास सूचना दिवस मनाइँदै

प्रकाशित मिति

२०८२ कार्तिक ७ गते, शुक्रबार ०७:२३

कात्तिक ७, २०८२ काठमाडौं— आज विश्वभर विश्व विकास सूचना दिवस मनाइँदैछ। सन् १९७२ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यो दिवस मनाउने निर्णय गरेपछि प्रत्येक वर्षको अक्टोबर २४ का दिन विश्व विकास सूचना दिवसका रूपमा मनाइने गरिएको छ।

National Life

यस दिवसको उद्देश्य सूचना र सञ्चार प्रविधिहरू (ICTs) को माध्यमबाट विकासका चुनौतीहरू समाधान गर्न सकिने सम्भावनाबारे सचेतना फैलाउनु हो। विश्वव्यापीकरणको युगमा सूचना प्रविधिले आर्थिक वृद्धि, प्रतिस्पर्धा, ज्ञानको पहुँच, गरीबी निवारण र सामाजिक समावेशलाई प्रवर्द्धन गर्ने विश्वासका साथ हरेक वर्ष यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघका अनुसार सूचनाको प्रसार र सञ्चारको गतिशीलताले विशेषगरी युवामाझ विकाससँग सम्बन्धित समस्याहरूका बारेमा जागरूकता बढाउने र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहित गर्ने अपेक्षा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस दिवसको अवसरमा विभिन्न देशहरूमा सूचना र सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल पहुँच, र समावेशी विकासका विषयमा छलफल, सेमिनार र जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै छन्।

प्रतिकृया