• ३ असोज २०८३, शनिबार
  • ८ः०३ राती

गण्डकी प्रदेशमा चोरी भएका सवारी साधनमध्ये थोरै मात्र फेला

प्रकाशित मिति

२०८२ कार्तिक ७ गते, शुक्रबार ०७:३८

कात्तिक ७, २०८२ काठमाडौं— गण्डकी प्रदेशमा सवारी साधन चोरी हुने घटना बढ्दै गए पनि फेला पर्ने दर निकै न्यून रहेको छ। गत आर्थिक वर्षमा प्रदेशभर दुईवटा चारपाङ्ग्रे र ६५ वटा दुईपाङ्ग्रे सवारी चोरी भएका थिए। तीमध्ये १७ वटा (१ चारपाङ्ग्रे र १६ दुईपाङ्ग्रे) मात्र फेला परेका छन्, बाँकी ४८ वटा अझै हराएको सूचिमा छन्।

National Life

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ, तर कुनै पनि फेला परेको छैन। अधिकांश सवारी पार्किङ वा घर अगाडिबाटै चोरी हुने गरेको प्रहरीले जनाएको छ।

प्रदेशभर सबैभन्दा बढी सवारी चोरी हुने जिल्ला कास्की रहेको छ, त्यसपछि नवलपुर र बागलुङ छन्। कास्कीमा गत वर्ष ४२ सवारी हराउँदा १५ वटा मात्र फेला परे। नवलपुरमा १६ मध्ये कुनै पनि भेटिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार फेला परेका अधिकांश सवारी वेवारिसे अवस्थामा भेटिएका छन् भने चोरीमा संलग्न व्यक्तिहरू भने अझै पत्ता लागेका छैनन्।

प्रतिकृया