• ५ असोज २०८३, सोमबार
  • ३ः३६ राती

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो, अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ११:२६

असोज ३१,२०८२ काठमाडौं– कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत र संस्थागत निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर घटेको देखिएको छ। नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकमध्ये अधिकांशले ब्याजदरमा कटौती गरेका छन्।

National Life

असोज महिनामा व्यक्तिगत खाताका लागि अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशत थियो भने कात्तिकमा यो दर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ। यस्तै, संस्थागत निक्षेपमा यो दर ३.८७ प्रतिशतबाट ०.२२ प्रतिशत घटेर ३.६५ प्रतिशतमा झरेको छ। विवरणअनुसार व्यक्तिगत खातातर्फ १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ वटा बैंकले दर यथावत् राखेका छन्। संस्थागत खातातर्फ १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले स्थिर राखेका छन्।

कात्तिक महिनामा सबैभन्दा धेरै ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक छन्, जसले १ प्रतिशतले ब्याजदर घटाएका छन्। त्यसपछिका बैंकहरूमा नबिल बैंक ०.५५ प्रतिशतले घट्यो, प्राइम कमर्सियल बैंक ०.५० प्रतिशत, प्रभु बैंक ०.४० प्रतिशत, सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज, एनआईसी एशिया समान रूपमा ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक: ०.१८ प्रतिशत, कृषि विकास बैंक, सानिमा बैंक ०.१० प्रतिशतले ब्याजदर घटाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

ब्याजदर यथावत् राख्ने बैंकहरूमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन्। ब्याजदरमा आएको निरन्तर गिरावटलाई अर्थशास्त्रीहरूले तरलता व्यवस्थापन र कर्जा प्रवाह सन्तुलनका लागि गरिएको रणनीतिक चालको रूपमा हेर्ने गरेका

प्रतिकृया