• ५ असोज २०८३, सोमबार
  • ५ः३० बिहान

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा शुरू

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ११:३२

असोज ३१,२०८२ काठमाडौं– नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शुरू गरेको छ।

National Life

असोज २९ देखि सांग्रिला बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधाको शुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकले लिएको छ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससीटी–युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत दुई दशकदेखि नेपाल भरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिंदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ्ग मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ।

प्रतिकृया