• ४ असोज २०८३, आइतबार
  • ३ः४२ दिउँसो

शेयर बजारमा भारी गिरावट, लगानीकर्ताको अर्बौं डुबान

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०३:४०

असोज २६, २०८२ काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा सुरुवातदेखि नै तीव्र गिरावट देखिएको छ। बजारमा गिरावट सुरु भएलगत्तै आत्तिएका लगानीकर्ताहरूले ठूलो परिमाणमा शेयर बिक्री गर्न खोज्दा बजार झन् ओरालो लागेको हो।

National Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ बिन्दुमा झरेको छ। आज ३२४ कम्पनीका १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा १३ वटै उपसूचक राताम्य भएका छन्, जसले समग्र बजारमा व्यापक गिरावट आएको संकेत गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै प्रभावित रह्यो, जसको शेयर मूल्य ४.८४ प्रतिशतले घट्यो। वाणिज्य बैंकको २.३० प्रतिशत, विकास बैंक समूहको २.९३ प्रतिशत र फाइनान्स समूहको समेत ३.६७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

एकपछि अर्को गिरावटसँगै लगानीकर्तामा पुनः विश्वास संकट र अनिश्चितता छाउन थालेको छ। बजार सुधार नहुँदा अझै ठूलो पूँजी डुबानमा जाने चिन्ता बढेको छ।

प्रतिकृया