• ३ असोज २०८३, शनिबार
  • २ः५४ दिउँसो

बाणिज्य विभागद्वारा दुई महिनामा १५४ व्यापारिक प्रतिष्ठानलाई ९२ लाख जरिवाना

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार १२:४३

असोज १३, २०८२ काठमाडौं– बाणिज्य विभागले चालु आर्थिक वर्षको साउन १ गतेदेखि असोज ११ गतेसम्मको दुई महिनाको अवधिमा १५४ व्यापारिक प्रतिष्ठानलाई ९२ लाख ८० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुगमन निर्देशक अमित झाका अनुसार, उक्त अवधिमा ८२२ पटक बजार अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कानुनविपरीतको कारोबार, उपभोक्ताको ठगी, मूल्य सूची नटाँस्ने, म्याद गुज्रेका सामान बिक्रीजस्ता कैफियत भेटिएको जनाइएको छ।

National Life

बिभागका अनुसार जरिवाना गरिएका प्रतिष्ठानहरूमा कन्सलटेन्सी, खाद्य वस्तु पसल, कपडा, अटो पार्ट्स, कस्मेटिक, होटल तथा रेस्टुराँ, फर्निचर, स्कूल–कलेज, डेरी र इलेक्ट्रिक पसलहरू छन्।

जसअनुसार कन्सलटेन्सीबाट ३१ लाख ७० हजार, अन्यबाट १४ लाख ९७ हजार, खाद्य वस्तु प्रतिष्ठानबाट १० लाख ८८ हजार, रेडिमेड कपडा पसलबाट ४ लाख १७ हजार, अटो पार्ट्सबाट ३ लाख ३५ हजार, होटेल तथा रेष्टुँरा ४ लाख ८१ हजार, फर्निचरबाट ३ लाख २३ हजार, स्कूल तथा कलेजबाट २ लाख ५५ हजार, डेरीबाट २ लाख २५ हजारर इलेक्ट्रिकबाट २ लाख २५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुगमनको क्रममा ५५ हजार रुपैयाँबराबरको गुणस्तरहिन सामाग्री नष्ट गरिएको अनुगमन निर्देशक झाले जानकारी दिएका छन् । विभागले नियमित अनुगमन बाहेक चाडवाड केन्द्रित हुने गरी ६ वटा संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।

प्रतिकृया