• २० असोज २०८३, मंगलबार
  • ८ः५४ राती

फेरी पनि सुनको मूल्यमा नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ भाद्र २० गते, शुक्रबार १०:५२

भदौ २०,२०८२ काठमाडौं – सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको हो ।

National Life

शुक्रबार सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन भने सुुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यस्तै,  बिहिबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया