• ५ असोज २०८३, सोमबार
  • ११ः२३ बिहान

सरकारद्वारा आजैदेखि फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार ०२:१५

भदौ १९,२०८२ काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चाल्ने निर्णय गरेको हो।

National Life

सरकारले आजदेखि नै सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। बैठकमा सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णयको पूर्ण रूपमा पालनाका लागि फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने योजना तय गरिएको बताइएको छ।

प्रतिकृया