• ३ साउन २०८३, आइतबार
  • ४:४५ बेलुका

गौरमा सुटकेशभित्र महिलाको शव फेला, यस साता मात्रै तीन शव भेटिए

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार १०:३७

भदौ ८,२०८२ रौतहट — रौतहटको गौर नगरपालिका–९ मा सुटकेशभित्र एक अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ। शनिबार राति मुडवलवा गेट नजिकै सडक किनारमा बेवारिसे अवस्थामा राखिएको सुटकेशबाट उक्त शव आइतबार बिहान फेला परेको हो।

सुटकेशमा डोरीले बाँधेर कोचिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिए। शवको पहिचान अहिलेसम्म खुलेको छैन।

Kamana Sewa

घटनापछि प्रहरी टोलीले शवलाई मुचुल्का उठाएर प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ भने घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज जाँच गर्दैछ।

Classic Tech Desktop

यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ। केही दिनअघि गौर–५ मा छुरा प्रहारबाट सहाबुदिन मियाको हत्या भएको थियो। त्यसअघि, नेपाल लजभित्र सप्तरीका उपेन्द्र भगत मृत अवस्थामा भेटिएका थिए।

लगातार शव फेला परेपछि रौतहटमा सुरक्षा अवस्था र अपराधिक गतिविधि नियन्त्रणमा प्रश्न उठ्न थालेको छ। जिल्ला प्रहरी कार्यालयले सबै घटनाको छानबिन तीव्र रूपमा भइरहेको बताएको छ।

प्रतिकृया