• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

बागलुङको ताराखोला जलविद्युत्को हबमा परिणत

प्रकाशित मिति

२०८२ भाद्र ५ गते, बिहीबार १०:३७

भदौ ५,२०८२ काठमाडौं – बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकसित भएको छ। हालसम्म यहाँ दुई आयोजना सम्पन्न भई उत्पादनमा आइसकेका छन् भने दुई निर्माणधीन र दुई प्रक्रिया चरणमा रहेका छन्।

National Life

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ। यसअघि समुदायको पहलमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए।

यससँगै पाँच वर्षअघि बनेको ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

हाल यहाँ मध्य ताराखोला मध्यदरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ, जसको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। यस्तै, ४ मेगावाट क्षमताको दरम ‘ए’ आयोजना मा ४० प्रतिशत काम सकिएको छ। साथै, ३.५ मेगावाट तल्लो ताराखोला र ४.५ मेगावाट मध्यदरम ‘बी’ आयोजना प्रक्रियामा रहेका छन्।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकका अनुसार, आयोजनामा स्थानीयको समेत करोडौँ लगानी भएकाले यसले आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ। गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि विद्युत् आयोजनाले गाउँपालिकाको आर्थिक उन्नयन र नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

प्रतिकृया