• ४ असोज २०८३, आइतबार
  • ४ः०० बेलुका

मुगु जवलधारा सडक निर्माणमा करोडौंको भ्रष्टाचार उजागर,वडाध्यक्ष सहित १३ जना विरुद्ध मुद्दा

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ११:३२

भदौ २,२०८२ काठमाडौं— सोरु गाउँपालिका–१, मुगुमा जवलधारा पीसीसी सडक निर्माणमा ठूलो भ्रष्टाचार भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण गर्दा कम काम गरेर बढी भुक्तानी लिइएको पत्ता लगाएको हो।

National Life

आर्थिक वर्ष २०७७/०७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रम र जनश्रमदानबाट ४० लाख १३ हजार रुपैयाँमा निर्माण तय गरिएको सडकमा तत्कालीन वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरसहित १२ जनामाथि भ्रष्टाचारको मुद्दा चलाइएको छ। अख्तियारले छानबीन गर्दा नापी किताबमा देखाइएको कामभन्दा कम काम भएको पाइएको छ। उदाहरणका लागि अर्थवर्क इन एक्स्काभेसनमा नापी किताबमा १७७.३९ घनमिटर देखाइएको भए पनि वास्तविक काम १४५.२३ घनमिटर मात्रै थियो। स्टोन सोलिङ र पीपीसी कार्यमा पनि बढी काम देखाएर भुक्तानी लिइएको पाइएको छ।

भुक्तानी गर्दा कुल ७ लाख ७ हजार रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको छ। यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सव–इन्जिनियर जगत बहादुर मल्ल, लेखापाल जेठ बहादुर बुढा, योजना शाखा प्रमुख नबिन बुमी, उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर छत्याल, सह संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्द दमाई प्रतिवादी रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीलाई समेत विपक्षी बनाइएको छ।

प्रतिकृया