• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

वागमती प्रदेशका १३ जिल्लाका पत्रकारलाई निःशुल्क स्वास्थ्य बीमा

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ११:०१

भदौ २,२०८२ काठमाडौं—वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने भएको छ। सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीलाई जानकारी दिँदै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै बीमा प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको बताए।

मन्त्री थापाका अनुसार चालू आर्थिक वर्षका लागि पत्रकार स्वास्थ्य बीमामा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पाँच जनाको परिवारलाई समूहमा आबद्ध गरी प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउने तयारी भइरहेको उनले जानकारी दिए।

Kamana Sewa

यससँगै मन्त्री थापाले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी–एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ कार्यक्रम पनि यसै वर्ष सञ्चालनमा ल्याइने बताए। उनका अनुसार, १३ प्रादेशिक अस्पतालसँगै दुर्गम क्षेत्रका नागरिकलाई पनि स्वास्थ्य सेवा सहज बनाउन स्वास्थ्य सामग्री, औषधि र उपकरणसहित गाउँ–गाउँ पुग्ने योजना अघि बढाइएको छ।

Classic Tech Desktop

प्रतिकृया