• ५ असोज २०८३, सोमबार
  • ३ः२६ राती

सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा ५७२ प्रतिशत वृद्धि

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ११:४७

भदौ २,२०८२ काठमाडौं— सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो।

National Life

कम्पनीको बिक्री आम्दानी पनि १७३.०१ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७५ करोड ५४ लाख रुपैयाँ थियो। अन्य आम्दानी १६ करोड १९ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष ५ करोड ९ लाख रुपैयाँ रहेको थियो।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम रहेको छ। हालसम्म कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन र ९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया