• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि ‘एनआई ३१ योजना’ एकाइ निष्काशन गर्ने

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार १०:२४

श्रावण २३,२०८२काठमाडौं– नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले यहि साउन ३० गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को एकाइ निष्काशन गर्ने भएको छ।

National Life

२५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख एकाइहरू निष्काशन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार एकाइ व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार एकाइ पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० एकाइदेखि अधिकतम २५ लाख एकाइसम्म आवेदन दिन सक्नेछन्। एकाइहरूमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

‘एनआई ३१ योजना’ ले पुँजी बजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ। यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

प्रतिकृया