• २० असोज २०८३, मंगलबार
  • ९ः०८ राती

बलेफी हाइड्रोपावरद्वारा शतप्रतिशत हकप्रद शेयर निष्कासन हुने

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०१:१०

श्रावण २१ ,२०८२ काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको बराबरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

National Life

कम्पनीले हाल कायम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ।

उक्त हकप्रद शेयरबाट उठेको पूँजी १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत् आयोजनामा लगानी गरिनेछ। कम्पनीका अनुसार विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाइनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया