• २३ भदौ २०८३, मंगलबार
  • १२ः०४ दिउँसो

छुट्ला है ! तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार ११:५४

श्रावण ११,२०८२ काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताका लागि आज (आइतबार) अन्तिम मौका हो। कम्पनीले असार १६ गतेदेखि १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता, अर्थात ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको हो।

National Life

यस हकप्रदमा जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्, किनकि जेठ ५ गते बुक क्लोज गरिएको थियो। हकप्रद बिक्रीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। आवेदन नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट दिन सकिनेछ।

त्यस्तै, सी–आश्वा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपश्चात पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया