• १२ असोज २०८३, सोमबार
  • ८ः२७ राती

काम बिना पार्टीमा बस्न सक्दिन: नेता गौतम

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ११:३५

श्रावण ७,२०८२ काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके आफू लामो समय पार्टीमा बस्न नसक्ने चेतावनी दिएका छन्। कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पार्टीमा कुनै पद नचाहिएको तर जिम्मेवारीसहितको कार्यक्षेत्र दिन आग्रह गरे।

National Life

“काम बिना पद चाहिँदैन। कुनै हालतमा चाहिँदैन। म बस्दा पनि बस्दिन,” गौतमले भने। उनले आफूलाई कुनै जिल्ला, पालिका वा संगठनको जिम्मेवारी दिएर काममा लगाउन पार्टी नेतृत्वसँग आग्रह गरे।

गौतमले संविधानमा उल्लेख भएको समाजवादलाई कार्यान्वयन गरी नेपाललाई विश्वकै विकसित समाज बनाउने लक्ष्यमा अघि बढ्नुपर्ने धारणा पनि राखे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया