• ४ असोज २०८३, आइतबार
  • १ः०५ दिउँसो

डिशहोम सोलिडारिटी फुटसल कप सम्पन्न

प्रकाशित मिति

२०८२ श्रावण ५ गते, सोमबार ११:२४

श्रावण ५  ,२०८२ काठमाडौं । भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप सम्पन्न भएको छ। व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले फुटसल आयोजना गरिएको हो।

National Life

डिशहोम सोलिडारिटी फुटसल कप प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्त्व गर्दै १७ टिम सहभागी भएका थिए। १७ टिमलाई चार समूहमा बाँडेर समूहचरणको खेल खेलाइएको थियो।

समूहचरणको खेल समाप्तिपश्चात् समूह “ए” बाट एक्योर सफ्टवेयर प्रालि र आईएमई लिमिटेड, समूह “बी”बाट अप्टिनेट सलुसन प्रालि र आईएमई कोअपरेटिभ प्रालि, समूह “सी”बाट नेपाल डिजिटल सर्भिस प्रालि र सीजी कम्युनिकेसन लिमिटेड र समूह “डी”बाट डिशहोम इन्टरनेट र अमनिल टेक्नोलोजी प्रालि गरी जम्मा ८ टिम क्वाटरफाइनलमा पुगेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

क्वाटर-फाइनलको खेलपश्चात् सेमिफाइनलमा प्रवेश गरेका चार (४) वटा टिम (आईएई कोअपरेटिभ, नेपाल डिजिटल सर्भिस, अप्टिनेट सल्युसन र सीजी) मध्ये फाइनलको यात्रा भने सीजी र एनडीएसले तय गरेका थिए । ‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसनले नेपाल डिजिटल सर्भिस (एनडीएस)लाई पराजित गर्दै उपाधि हात पार्‍यो।

सीजीका सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे। तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सल्युसनले आईएमई कोअपरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गर्‍यो।

विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको एनडीएस र तेस्रो स्थान प्राप्त अप्टिनेट सल्युसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए। उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी) बाट चयन भएका थिए।

समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए। डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

प्रतिकृया