• ४ असोज २०८३, आइतबार
  • १२ः३८ राती

देशभर मनसुनको प्रभाव: बाढी र पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १०:०५

श्रावण  ,२०८२ काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा विभिन्न भागमा लगातार वर्षा भइरहेको छ। विशेष गरी गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ भने अन्य क्षेत्रहरूमा पनि व्यापक असर देखिएको छ।

National Life

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा अलिक उत्तरतिर सरेको छ। यसका कारण कोशी, मधेस, बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ। कतिपय ठाउँमा भने भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ। विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने संकेत देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बढ्दो वर्षाले बाढी र पहिरोको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासन र नागरिकलाई आवश्यक सतर्कता र सावधानी अपनाउन अपिल गरिएको छ।

प्राधिकरणले विशेष गरी पहाडी भेगका बासिन्दाहरूलाई सतर्क रहन, खोलानाला आसपास सतर्कता अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।

प्रतिकृया