• ४ असोज २०८३, आइतबार
  • २ः३८ दिउँसो

एक वर्षमा ६५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

प्रकाशित मिति

२०८२ श्रावण ३ गते, शनिबार ०८:३०

श्रावण ३  ,२०८२ काठमाडौं । गत आर्थिक वर्षमा झण्डै ६५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । विदेशी लगानीकर्ताहरुले गत आवको साउनदेखि चालु असारसम्म ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।

National Life

उद्योग विभागका अनुसार विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ६० अर्ब ३५ करोड तथा स्वचालित प्रणालीबाट ४ अर्ब ६१ करोड गरी कुल ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ८४० उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट एक वर्षमा ३८९ उद्योगका लागि ६० अर्ब ३५ करोड २४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट ४५१ उद्योगका लागि ४ अर्ब ६ करोड १२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आर्थिक वर्षमा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३८ उद्योगका लागि २ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ७० वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । उद्योग विभागका एक वर्षको अवधिमा ८२४ वटा साना उद्योग, १० वटा मध्यम र ६ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १९ हजार ५३६ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागका अनुसार हालसम्म ७ हजार २३९ उद्योगका लागि कुल ५ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ५९० उद्योगका लागि १२ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ६४९ उद्योगका लागि ५ खर्ब ९९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ४७ हजार ३२४ रोजगारी सिर्जना हुने विभागको भनाइ छ । 

प्रतिकृया