• ४ असोज २०८३, आइतबार
  • १ः३२ राती

अपराध र सवारी दुर्घटनामा वृद्धि, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा

प्रकाशित मिति

२०८२ श्रावण ३ गते, शनिबार ०८:१८

श्रावण ३  ,२०८२ काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८१/८२ मा अपराधका घटनाहरू अघिल्लो वर्षको तुलनामा बढेको बताएका छन्। शुक्रबार बसेको संघीयता सशक्तीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उनले २०८०/८१ मा ५८ हजार ४७० मुद्दा दर्ता भएकोमा चालु आवमा ५९ हजार २०४ मुद्दा दर्ता भएको जानकारी दिए। यो संख्या १.२४ प्रतिशतले वृद्धि भएको हो।

National Life

उनका अनुसार सबैभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकामा (१६,१७२) दर्ता भएका छन् भने त्यसपछि मधेस र कोशी प्रदेशमा बढी मुद्दा छन्। कर्णाली प्रदेशमा भने सबैभन्दा कम मुद्दा दर्ता भएका छन्।

महानिरीक्षक थापाका अनुसार सवारी दुर्घटनाको अवस्था अझै भयावह छ। चालु आर्थिक वर्षमा २८ हजार ६९२ वटा दुर्घटनामा २,५४९ जनाले ज्यान गुमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा २५.१५ प्रतिशतले वृद्धि हो। विशेष गरी मधेस प्रदेशमा सवारी दुर्घटनाका कारण मृत्यु धेरै देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै नेपाल प्रहरीले दैनिक २ सय २६ वटा सवारी गस्ती, ६०९ चेकिङ, १,११० पैदल गस्ती, ७१२ ग्रामीण गस्ती सञ्चालन गरिरहेको जानकारी दिए। नेपाल प्रहरीमा देशभरबाट २४ घण्टामा औसत ७,२५५ उजुरी प्राप्त हुने र सुरक्षाका लागि दैनिक ३०,३७४ जनशक्ति खटिने गरेको पनि महानिरीक्षक थापाले बताए।

प्रतिकृया