• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०२:२०

श्रावण २ ,२०८२ काठमाडौं ।  संघीय सरकारको सञ्चित कोष २ खर्ब ४ अर्ब रुपैयाँले घाटामा गएको छ। राजस्व, अनुदान तथा ऋणबाट प्राप्त आम्दानीभन्दा बढी खर्च हुँदा सञ्चित कोषमा घाटा देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सञ्चित कोषमा २ खर्ब २४ अर्ब ९९ करोड घाटा रहेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म घटेर २ खर्ब ४ अर्बमा झरेको हो। यस वर्ष ११.३३ प्रतिशतले राजस्व वृद्धि भई ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्ब बढी हो।

Kamana Sewa

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ। यद्यपि खर्च नियन्त्रण नगरेसम्म सञ्चित कोष घाटामुक्त हुने चुनौती यथावत् छ।

Classic Tech Desktop

प्रतिकृया