• २१ असोज २०८३, बुधबार
  • ४ः४७ बिहान

शेयर बजारमा हरियाली: नेप्से ३६.८६ अंकले बढ्यो

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०३:१२

असार ३१,२०८२ काठमाडौं । छोटो समयको करेक्सनपछि शेयर बजार पुनः उकालो लागेको छ। सोमबार नाफा बुक गर्ने ट्रेडरको कारण घटेको नेप्से मंगलबार ३६.८६ अंकले बढेर २७६२.५७ बिन्दुमा पुगेको छ। ३१७ कम्पनीका २ करोड ६५ लाख कित्ता शेयर किनबेच हुँदा कारोबार ९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

National Life

आगामी वर्षको मौद्रिक नीतिले ब्याजदर सस्तो बनाउने, शेयर धितो कर्जा सीमा बढाउने र पूँजी बजारमैत्री प्रावधान ल्याएका कारण लगानीकर्ता उत्साहित छन्। आज बैंकिङ, विकास बैंक, हाइड्रोपावरसहित १३ वटै उपसूचक हरियालीमा बन्द भए।

प्रतिकृया