• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

सशस्त्र प्रहरी बलमा एक महिनामा २,१९६ जनाको बढुवा, सबै दर्जामा बढुवा प्रक्रिया तीव्र

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार १२:४१

असार १६ , २०८२ काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले विभिन्न दर्जाका २,१९६ जना सुरक्षाकर्मीको बढुवा सम्पन्न गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्मको बढुवा प्रक्रिया यही अवधिमा सम्पन्न गरिएको हो।

बढुवा भएका मध्ये वरिष्ठ सईमा ११ जना, सईमा ३४ जना र लेखा उपसमूहका सईमा ६ जना छन्। यस्तै, सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना सुरक्षाकर्मीको बढुवा गरिएको छ।

Kamana Sewa

सशस्त्र प्रहरी मुख्यालयले १९ जेठमा सूचना प्रकाशित गर्दै बढुवा फारम दस दिनभित्र बुझाउन निर्देशन दिएको थियो भने हवल्दार तहका लागि १५ दिनको समय तोकिएको थियो। योग्य उम्मेदवारहरूले शैक्षिक योग्यता र अन्य प्रमाणपत्रसहित बढुवा फारम पेश गरेका थिए।

Classic Tech Desktop

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार, बाँकी रहेका अन्य दर्जाहरूमा पनि चाँडै बढुवा प्रक्रिया अघि बढाइनेछ। यसले संगठनभित्र कार्यक्षमता र मनोबल दुवै अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिकृया