• २३ भदौ २०८३, मंगलबार
  • १ः१६ दिउँसो

विदेशीको वर्चस्वले नेपाली श्रम बजारमा संकट, समाधानका लागि नीतिगत परिवर्तन आवश्यक : मन्त्री भण्डारी

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार १२:०३

असार १६ , २०८२ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी नागरिकहरूको बढ्दो प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’मा बोल्दै उनले वैदेशिक पलायनको एक प्रमुख कारण श्रम बजारमा विदेशीको वर्चस्व रहेको उल्लेख गरे।

National Life

उनका अनुसार गार्मेन्ट, सुनचाँदीलगायत उद्योग तथा व्यवसायमा बाह्य नागरिकको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ। “फ्रन्टमा केही नेपाली देखिए पनि वास्तविक सञ्चालन र श्रमिक तहमा विदेशीको बाहुल्यता छ,” मन्त्री भण्डारीले बताए। उनले सुनचाँदी क्षेत्रमा मात्र बंगाली मूलका झन्डै तीन लाख व्यक्तिहरू कार्यरत रहेको खुलासा गरे।

यस अवस्थालाई अस्वीकार्य भन्दै मन्त्री भण्डारीले नेपालको श्रम बजार अरूले कब्जा गर्ने प्रवृत्तिलाई रोकेर स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले युवालाई सशक्त बनाउन सिपमूलक तालिम मात्र होइन, त्यसको प्रमाणिकरणमा पनि ध्यान दिनुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

हालै काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेलाको उदाहरण दिँदै उनले सर्टिफिकेटको मान्यता नहुँदा प्रतिस्पर्धा गर्न कठिन हुने औंल्याए। सीटीईभीटीले दिने प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता हुने बनाउनु आवश्यक रहेको मन्त्रीको भनाइ थियो।

जनशक्ति अभावको समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य तथा समन्वय अझ मजबुत बनाउनुपर्ने उनको धारणा छ।

प्रतिकृया