• ४ साउन २०८३, सोमबार
  • १:५४ बिहान

निरन्तर घट्दै नेप्से

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०३:४९

काठमाडौं । कारोबार अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रिभर्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको हो ।  ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ । राधी विद्युत कम्पनीको यस दिन सर्वाधिक कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया