• ५ साउन २०८३, मंगलबार
  • ११:२९ बिहान

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति

२०८२ जेष्ठ २१ गते, बुधबार ०३:५७

काठमाडैं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, आज कारोबार रकम पनि घटेको छ । आज कूल १ करोड ३७ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ६६ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १८१ वटा कम्पनीको मूल्य घटेको छ। एउटाको शेयरमूल्य स्थिर छ ।

Kamana Sewa

त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरको भएको छ। सो कम्पनीको मात्र ३६ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

Classic Tech Desktop

प्रतिकृया