• ५ असोज २०८३, सोमबार
  • ४ः४८ बेलुका

नेपालको अर्थतन्त्र : चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वाञ्छित सीमाभित्र

प्रकाशित मिति

२०८२ जेष्ठ १२ गते, सोमबार ०८:००

काठमाडौँ – चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत) मा नेपालको अर्थतन्त्रका प्रमुख सूचकहरू सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाअनुसार, यस अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो।

National Life

चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। यस्तै, वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७.३ प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि करिब ६ लाख ८ हजारले श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष २०८१र८२ को वैशाख मसान्तसम्ममा ९९ हजार ६ सय ६२ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

चालु आर्थिक वर्षको नौ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्रै रहेको छ। यस अवधिमा औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५.९२ प्रतिशत थियो। वार्षिक बिन्दुगत आधारमा गत चैतमा उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ, जुन २०८० चैतमा ४.६१ प्रतिशत थियो।

गत चैतमा खाद्यान्न समूहको मूल्य वृद्धि २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.९० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा खाद्यान्न समूहको मूल्य वृद्धि ५.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ४.२० प्रतिशत थियो। वार्षिक बिन्दुगत थोक मुद्रास्फीति गत चैतमा ४.२० प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९४ प्रतिशत थियो।

प्रतिकृया