• ३ असोज २०८३, शनिबार
  • ३ः१३ दिउँसो

इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या २५० नाघ्यो

प्रकाशित मिति

२०८२ जेष्ठ ३ गते, शनिबार ०१:२६

काठमाडौँ । बिहीबार बिहानदेखि सुरु भएको पछिल्लो इजरायली आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।  हमासका अनुसार शुक्रबार मात्र १०० भन्दा बढी मानिस मारिएका छन् ।

National Life

इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूलाई क्षेत्र छोड्न आग्रह गर्दै पर्चाहरू खसालेका थिए । इजरायलले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाउने तयारी गरिरहेको आशंकाबिच यो कदम चालिएको छ। 

सेनाले गाजामाथि नियन्त्रण प्राप्त गर्ने उद्देश्यले नयाँ आक्रमण सुरु गरेको छ। इजरायलले व्यापक आक्रमणहरू गर्नुका साथै सेना पनि तैनाथ गरिएको जानकारी दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया