• ३ असोज २०८३, शनिबार
  • ३ः३७ दिउँसो

नेपाली विद्यार्थीको निधनमा दु:खी छौं, घटनाको अनुसन्धान हुदैछ- भारतीय विदेश मन्त्रालय

प्रकाशित मिति

२०८२ बैशाख १९ गते, शुक्रबार ०२:५०

वैशाख १९, २०८२ काठमाडौँ: भारतको विदेश मन्त्रालयले भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को होस्टेलमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रेशा शाहका परिवारप्रति संवेदन व्यक्त गरेको छ ।

National Life

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाल विद्यार्थीको निधनप्रति दुखि भएको जनाएको छ । मन्त्रालयले घटनाको जानकारी हुनासाथ नै ओडीशा अजय सरकारसँग निरन्तर सम्पर्कमा रहेको र ओडीशा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीको सकुशलता र सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।

बिहीबार साँझ ७ बजेतिर किटमा बिटेक प्रथम बर्षमा अध्ययन गर्ने प्रेशा शाह होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस घटनामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन् ।

प्रतिकृया