• २१ जेठ २०८३, बिहीबार
  • ९:५५ बिहान

शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार १०:०६

वैशाख १६, २०८२ काठमाडौँ: शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।

बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्

Kamana Sewa

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो।वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन्। ‘केही विषय टुंगो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ वार्तापछि उनले भनेका छन्।

Classic Tech Desktop

शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन्। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने तर्क गरेका छन्।

शिक्षा मन्त्रालयमा वार्तापछि सुवेदीले गएराति सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो, तर निष्कर्षमा पुग्न सकिएन। हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ। हाम्रो आन्दोलन जारी छ।’

सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् १५ गतेको आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीलाई धन्यवाद दिँदै आजको आन्दोलनमा पनि सहभागी हुन आह्वान गरेका हुन्।‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाईँदैन। त्यसैले आन्दोलन बलियो गराऔँ,’ अध्यक्ष सुवेदीले भनेका छन्।शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन् ।

बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्स रकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो ।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका छन्। ‘केही विषय टुंगो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ वार्तापछि उनले भनेका छन् ।

शिक्षक महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका छन्। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने तर्क गरेका छन् । शिक्षा मन्त्रालयमा वार्तापछि सुवेदीले गएराति सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो, तर निष्कर्षमा पुग्न सकिएन। हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ। हाम्रो आन्दोलन जारी छ ।’

सुवेदीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् १५ गतेको आन्दोलनमा सहभागी हुने शिक्षक, कर्मचारीलाई धन्यवाद दिँदै आजको आन्दोलनमा पनि सहभागी हुन आह्वान गरेका हुन्।‘राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाईँदैन। त्यसैले आन्दोलन बलियो गराऔँ,’ अध्यक्ष सुवेदीले भनेका छन्।

प्रतिकृया